logo
२०८१ मंसिर ११ मंगलवार



छ वर्षमा चार हजार उजुरी फछ्र्यौट

मुख्य समाचार |


छ वर्षमा चार हजार उजुरी फछ्र्यौट


कञ्चनपुर, मङ्सिर २५ गते । अख्तियार दुरुयोग अनुसन्धान आयोगको यहाँस्थित कार्यालयले छ वर्षको अवधिमा चार हजार बढी उजुरी फछ्र्यौट गरेको छ । आव २०७०÷७१ देखि आव २०७५÷७६ सम्मको अवधिमा आयोगको कार्यालयमा परेका पाँच हजार ६०१ उजुरीमध्ये चार हजार ३७९ उजुरी फछ्र्यौट गरेको हो ।

सोमध्ये ८२२ उजुरी अनुसन्धानका क्रममा रहेका छन् । चालू आवको पहिलो चौमासिकमा आयोगको कार्यालयमा परेका ४०२ उजुरीमध्ये २४७ उजुरी फछ्र्यौट गरेको आयोगको यहाँस्थित कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा परेका उजुरीमध्ये २३७ उजुरी विस्तृत अनुसन्धानका लागि छनोट गरी अनुसन्धानपश्चात प्रतिवेदनसहित आयोगको कार्यालयमा १७७ उजुरी पठाइएका छन् ।

चालू आवमा सबैभन्दा बढी कैलालीका ११९, कञ्चनपुरका ८४, दार्चुलाका ३४, बैतडीका ४७, डडेल्धुराका २४, डोटीका ३४, अछामका १९, बझाङका १७ र बाजुराका २१ उजुरी दर्ता भएका छन् । जिल्ला नखुलेका तीन उजुरी आयोगमा परेका छन् । आयोगमा आव २०७०÷७१ मा ७४९, २०७१÷७२ मा एक हजार १२६, २०७२÷७३ मा ९५८, २०७३÷७४ मा ६४४, २०७४÷७५ मा ५८८ र २०७५÷७६ मा ७३४ उजुरी दर्ता भएका छन् ।

“सबैभन्दा बढी परेका उजुरीमा स्थानीय तहको विकास निर्माणका कामका छन्”, प्रवक्ता विष्टले भन्नुभयो, “त्यसपछि शिक्षामा धेरै उजुरी परेका छन् ।” आयोगले गरेको स्टिङ अप्रेसनका क्रममा घुसखोरीमा रङ्गेहात पक्राउ गरी ३४ माथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । “चालू आवमा मात्रै छ स्टिङ अप्रेसन गरेका छौँ”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा एक, कैलालीमा चार र डोटीमा एक स्टिङ अप्रेसन गरिएको छ ।”

भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले सामुदायिक शिक्षा कार्यक्रमअन्तर्गत उच्च शिक्षा र क्याम्पसमा पढ्ने विद्यार्थी तथा शिक्षकलाई भ्रष्टाचारविरुद्धको सामुदायिक सेचतना शिक्षासँगै अन्तक्र्रिया, बैठक र जानकारीमूलक एवं सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?