logo
२०८१ मंसिर ११ मंगलवार



समाधान भएन नागरिकता समस्या

मुख्य समाचार |


समाधान भएन नागरिकता समस्या


सीता शर्मा

काठमाडौँ, मङ्सिर २६ गते । कास्की स्थायी घर बताउने ३० वर्षीय सुरज (हजारे) दाहाल नागरिकताविहीन हुनुहुन्छ तर उहाँकी आमाको भने वंशजकै नागरिकता छ । उहाँले लेख्ने नामको थरमा दाहाल नेपाली आमाको र हजारे भारतीय बाबुको हो ।
नेपालमै नेपाली आमाबाट जन्मिए पनि बाबु भारतीय नागरिक भएका कारण दाहालले अहिलेसम्म नागरिकता प्राप्त गर्न सक्नु भएको छैन । संंविधानमा भएको व्यवस्थाअनुसार दाहालले जन्मस्थानका आधारमा र आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ तर संविधानमा भएको यो व्यवस्था दाहाल जस्ताले व्यवहारमा भोग्न पाउनुभएको छैन ।
नागरिकताका लागि आमा र आमाको नागरिकतासहित धेरै ठाउँमा धेरै जनालाई गुर्हान पुग्नुभो उहाँ र अहिले पनि नागरिकताकै लडाइँमा हुनुहुन्छ । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो तर उहाँजस्तै धेरै नागरिक जसले अहिले नागरिकताकै लागि लडाई लड्नु परेको छ । कति आमाले आफ्नो सन्तानलाई नागरिकता दिन नसकेर उनीहरू शिक्षा, जागिरलगायतका राज्यबाट पाउने आधारभूत अधिकारबाट समेत बञ्चित भएको अवस्था छ ।
संघीय संसद एवम्् राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य डा. विन्दा पाण्डेले संविधानको नागरिकतासम्बन्धी धारा ११–५ मा गरिएको प्रतिवन्धात्मक व्यवस्थाले गर्दा जो नेपालमै र नेपाली आमाबाट जन्मिएका दाहाल जस्ता धेरै व्यक्ति अहिले नागरिकता विहीन भएको बताउनुभयो ।
उहाँले नेपाली आमाले नेपालमा नै जन्मिएका सन्तानको सहज रूपमा बाबुको पहिचान प्रस्तुत गर्न नसक्दा आमाले समाज र राज्यबाट अपमानपूर्ण व्यवहार खेप्न र सन्तान राज्यविहीन अवस्थामा रहेकाको समस्याको समाधान गर्न नागरिकता ऐन सशोेधनको विधयेक राज्य व्यवस्था समितिमै रहेको जानकारी दिनुभयो ।
डा. पाण्डेले भन्नुभयो ‘यसलाई संशोधन गर्न बनेको विधयेकमा विदेशी बुहारी र ज्वाईलाई नागरिकता दिने प्रावधान एकै खालको राखौ भनेर प्रस्ताव गरिएको थियौँ, त्यसमा विवाद हुँदा त्यो विधयेक अगाडि बढ्न सकेको छैन । ’
संघीय संसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिनका लागि कानूनमा भन्दा पनि नागरिकता दिने व्यक्तिको नियत सफा नहुँदा समस्या भएको बताउनुभयो ।
उहाँले नागरिकतासम्बन्धी संशोधनका मस्यौदामा अगाडि नबढनुको कारण सुनाउँदै भन्नुभयो, ‘‘विदेशी ज्वाई र बुहारीलाई नागरिकता दिने मापदण्ड एउटै बनाउँभन्दा विवाद भएर रोकिएको छ, संविधानमा विदेभ गर्न पाइदैन भन्ने अनि नागरिकता दिर्दा विभेद गर्ने पनि हुन्छ र । ’’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?