गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि मनमोहन कार्डियाे भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुग्नुभएको छ ।
मृर्गौलाको नियमित डाइलासिस गर्नुपर्ने भएकाले उहाँ त्यहाँ पुग्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।