गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी फर्कने क्रममा राजदुत पुरीले प्रधानमन्त्री ओलीसँग विदाई भेट गर्नुभएको उहाँको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।
त्यसैगरी, नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विदाई भेट गर्नुभयो । विदाई भेटमा उहाँहरुबीच नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।