जुनारबाबु बस्नेत
बेइजिङ, पुस १२ गते । कुनै बेला चीनबाट समुद्री मार्ग हुँदै पानी जहाजलाई युरोप पुग्न महिनौँ लाग्थ्यो । हवाई जहाजबाट धेरै ढुवानी महँगो पथ्र्यो तर अब पुरानो अवस्था छैन । रेलमार्गको विकाससँगै अब युरोपका सहरहरू जोड्न कठिन छैन । चीनभित्रै वस्तुहरूको आवातजावत त झनै सजिलो भएको छ ।
चीनको पश्चिमी प्रान्त सिचुवानमा छिन्डु अन्तर्राष्ट्रिय रेल्वे बन्दरगाह बनेपछि चीनभित्र र बाहिर व्यापार असाध्यै सहज भएको हो । छिन्डु इन्टरनेसनल रेल्वे पोर्टका अनुसार चिनियाँ २० वटा सहरका साथै चीन बाहिरका ३० वटा सहरलाई चीनको यो सुक्खा बन्दरगाहले जोडेको छ ।
खासगरी यो सुक्खा बन्दरगाहले जर्मनीको नुरेम्बर्ग, नेदरल्यान्डको तिलबर्ग, पोल्यान्डको लोज तथा दक्षिण पूर्वी एसिया (आसियान) को भियतनामको हनोइलगायतका विश्वका सहरलाई यो रेलमार्गले जोडेको छ ।
चाइना रेल्वे एक्सप्रेस सिन्डुका अनुसार, यो सुक्खा बन्दरगाहले विश्वका सातवटा अन्य रेल्वेमार्गलाई जोड्छ भने साङ्घाइलगायतको पाँचवटा ठूला सामुद्रिक बन्दरगाह जोड्छ । पानी जहाजबाट महिनौँ लगाएर प्रशान्त महासागर तथा हिन्द महासागर हुँदै युरोप पुग्न झण्डै दुई महिना लाग्थ्यो । तर अब युरोपको दूरी १५ दिनभन्दा कममा सीमित भएको छ ।
पिपुल्स डेलीको अन्तर्राष्ट्रिय समाचार विभागका सम्पादक चेन सान्ग्वेनका अनुसार, चीनले निर्यात मात्र चाहेको छैन, विश्वबाट गुणस्तरीय वस्तु पनि ल्याउन चाहिरहेको छ । त्यसका लागि छिन्डु अन्तर्राष्ट्रिय बन्दरगाहमा अन्तर्राष्ट्रिय बजार पनि स्थापना गरेको छ । त्यो बजार देखाउँदै उहाँले भन्नुभयो, ‘‘यहाँ बाहिरकै वस्तु राख्ने गरिन्छ ।’’
चीनले एसियालाई विश्वका बाँकी भागसँग जोड्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बृहत् अवधारणा कार्यान्वयन अगाडि सारेको छ । बीआरआईकै महìवपूर्ण एक हिस्सा हो–सिचुवानस्थित छिन्डु अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह । अघिल्लो शताब्दी पानी जहाजबाटै विश्वको व्यापारलाई अगाडि बढाइयो । त्यही सस्तो र सहज थियो तर अब दु्रत गतिमा चल्ने रेल्वेलाई विश्व सञ्जाल जोड्ने प्रयासमा चीन तीव्र रूपमा अग्रसर छ ।चाइना सेन्टर फर कन्टेम्पोररी वल्र्ड स्टडीका अनुसन्धानकर्ता प्रा.डा. जिन सिन भन्नुहुन्छ, ‘‘बीआरआई निश्चय नै चीनले अगाडि सारेको विस्तृत परियोजना हो तर चिनियाँ सरकार र जनताका भलाइका लागि मात्र यो परियोजना होइन ।
बीआरआईमा सहभागी सबै मुलुुकको भलाइका लागि यो साझा अवधारणा हो । यसका परियोजनाहरू सबैका साझा भविष्य हुन् । यसले सडक, रेल, औद्योगिक पार्क र पूर्वाधारको विकास गरी लगानी बढाउँछ । ती मुलुुकका जनताको रोजगारी बढाउँदै आर्थिक विकासको मार्गमा अग्रसर गराउँछ ।’’
सशक्त आर्थिक विकासका लागि उच्च गतिका रेल मार्ग जरुरी हुन्छ । रेलसँगै गुणस्तरीय सडक मार्ग, उच्च स्तरीय सुविधा भएका बन्दरगाह निर्माण गरिने काम तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले छिन्डुु बन्दरगाह भूसहज जोड्ने अब्बल बन्दरगाह भएको
स्पष्ट पार्नुभयो ।
पिपुल्स डेलीको कक्षमा अन्तर्राष्ट्रिय पत्रकारहरूसँगको अन्तक्र्रियामा प्रा.डा. जिन भन्नुहुन्छ, ‘‘तपाईंहरूले बेइजिङ आउनुअघि नै केही दिनअघि सिचुवानमा छिन्डु अन्तर्राष्ट्रिय बन्दरगाह देख्नुभयो । यो चीनले आफ्नो सामान युरोप तथा अन्य मुलुुकमा बेच्न मात्र बनाएको रेल्वे होइन ।
चीन सबै साझेदार मुलुकबाट आफूलाई चाहिने गुणस्तरीय समान आयात गर्न पनि चाहन्छ । अति आवश्यक वस्तुमा कर पनि घटाउन चाहन्छ । अहिले सुँगुर र गाईको मासुमा कर घटाइरहेको छ ।’’
पिपुल्स डेलीको कक्षमा अन्तर्राष्ट्रिय पत्रकारहरूसँगको अन्तत्र्रिmयामा प्रा.डा. जिनले थप्नुभयो, ‘‘एसिया र पूरै विश्वको साझा आर्थिक भविष्यका लागि हामीले काम गर्न चाहेका छौँ र त्यसका लागि सञ्चारकर्मीहरूको भूमिका महìवपूर्ण हुन्छ । पत्रकार र मिडिया सही रूपमा साझा समृद्ध भविष्यका सारथी हुन् ।’’
उहाँका अनुसार, बीआरआईमा कतिपय मुलुक अझै सदस्य नभए पनि भविष्यमा तिनले बीआरआई आफ्नो देशको पनि हितमा भएको बुझ्ने छन् । एसिया, युरोप, अफ्रिकालगायत विश्वका १५२ मुलुक र तिनका कतिपय सङ्घ संस्थाहरू अहिले बीआरआईका साझेदार भइसकेका छन् ।
पिपुल्स डेलीका नायव प्रधान सम्पादक फाङ जिङसिङ भन्नुहुन्छ, ‘‘तीव्र र बृहत् यातायात सञ्जालका लागि बीआरआई सबैको साझा हो र यसले शान्तिपूर्ण सहयोग र आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्छ । बीआरआई विकास अवधारणालाई व्यापक बनाउन मिडिया सहयोग अति जरुरी छ र त्यसको बलियो सञ्जाल यो प्रयास हो ।’’
चिनियाँ कम्युुनिस्ट पार्टी केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका उपमहानिर्देशक जियन जियउनले चीनले विगत ७० वर्षमा जनताका समृद्धिका लागि धेरै ठूलो फड्को मारे पनि अझै पनि विकासशील देश नै भएको छ भन्दै आगामी वर्ष २०२० देखि चीनलाई गरिबीबाट सम्पूर्ण रूपमा मुक्त गराउन लागेको बताउनुभयो ।
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा एसियाली पत्रकारसँगको साक्षात्कारमा उहाँले चिनियाँ कम्पनी, दूतावास तथा बीआरआई परियोजनाहरू आआफ्नो देशमा भएका कमी कमजोरी औँल्याउन आग्रह गर्नुभयो ।
‘‘हामी खुला छौँ, मानव जातिका लागि शान्तिपूर्ण विकासका लागि प्रतिबद्ध छौँ र हाम्रा नियोग, कम्पनी तथा परियोजनामा भएका कमी कमजोरी हटाउन चाहन्छौँ, त्यसका लागि मिडियाको सहयोग चाहन्छौँ,’’ लामो कूटनीतिक अनुभव भएका उहाँले थप्नुभयो, ‘‘पार्टीको अन्तर्राष्ट्रिय विभाग र पिपुल्स डेलीले यही प्रयोजनका लागि तपाईंहरूलाई चीनमा आमन्त्रण गरेको हो ।’’ उहाँ साझा र समृद्ध भविष्य निर्माणका लागि मिडिया मार्गदर्शक भएको स्पष्ट पार्नुभयो ।
जापान, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का सबै मुलुकका साथै दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र माल्दिभ्सका पत्रकारहरू भेला भएका थिए । एसियाली देशहरू मिडिया सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको यो दशौँ सम्मेलन हो ।
एसियाली मिडिया सम्मेलन तथा अध्ययन भ्रमण मङ्सिर २९ देखि पुस ८ सम्म चलेको थियो । एसियाको साझा भविष्यका लागि पत्रकार तथा मिडियाहरूको महìवपूर्ण भूमिका रहने भन्दै सम्मेलनले सँगसँगै अगाडि बढ्ने साझा सङ्कल्प गरेको छ ।