नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, पुस १७ गते । प्रदेश ५ स्थित बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी सुरु भएको छ । प्रदेश–५ मा नेपाल भ्रमण वर्ष २०२० को थालनीका अवसरमा हात्री सफारीको सुरुवात गरिएको हो ।
बुधबार बाँके राष्ट्रिय निकुञ्जको खड्गवारमा हात्ती सफारीको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटकको बसाइ लम्ब्याउन पर्यटकीय गन्तव्यको निर्माण र विकासमा विशेष जोड दिइएको बताउनुभयो । बर्दिया र बाँके निकुञ्ज, कैलाश मानसरोवर यात्रा तथा अन्य स्थानमा जान बाँके प्रमुख विन्दु भएकाले यो जिल्ला यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयोध्र
उहाँले विदेशी पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्न र धेरै दिन टिकाउन आन्तरिक पर्यटनको प्रवद्र्धन आवश्यक रहेको र सोही कारणले प्रदेश सरकारले आन्तरिक पर्यटनको प्रवद्र्धन र विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।
विशेष गरेर भारतीय पर्यटक तथा आन्तरिक पर्यटकको आगमन बढाउन बाँके राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको जनाउँदै उहाँले हात्ती सफारी र जिप सफारीले पर्यटक तान्न महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
होटल पूर्वाधारका क्षेत्रमा बाँके धेरै अगाडि रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यहाँका होटलले भारतीय पर्यटक आकर्षित गर्ने विभिन्न प्याकेज निर्माण गरेर नेपालगञ्जलाई रारा, जुम्ला, बर्दियाको ठाकुरद्वारा र बाँके निकुञ्जसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।