नारद गौतम
काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता गराउनुभएका ४५ जना उम्मेदवारहरूलाई शुक्रबार सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको छ ।
प्रदेश १ को मोरङ जिल्लाको बिराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन चिह्न प्रदान गरिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चा पार्टीका दुईजना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् । उम्मेदवारी दर्ता गराएका कुनै पनि दलका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्पm दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्पm सात गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्पm १६, दलित समूहतर्पm पाँच, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्पm पाँच र अन्य समूहतर्पm १९ गरी कूल ४५ जना उम्मेदवार छन् ।