गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमान राजा सुल्तान काबूस विन सयद अल सयदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्नुहुँदै उहाँको मृत्युको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल सरकार, नेपाली जनता र व्यक्तिगत रुपमा ओमानी राजकीय परिवार, सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।
नेपालको शुभेच्छु र असल मित्र गुमेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले ओमानको आधुनिकता र विकाससहित उक्त क्षेत्रको स्थायित्व र शान्ति कायम गर्न दिवगंत सयदले योगदान दिनुभएको स्मरण पनि गर्नुभयो ।