logo
२०८१ मंसिर १३ बिहीवार



राष्ट्रपतिबाट अष्ट्रेलियामा भएको क्षतिप्रति समवेदना व्यक्त   

मुख्य समाचार |


राष्ट्रपतिबाट अष्ट्रेलियामा भएको क्षतिप्रति समवेदना व्यक्त   


काठमाडौँ, पुस २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा महिनौंँदेखि लागिरहेको भीषण डढेलोले मानवीय क्षतिसहित करोडौंँ जीवजन्तु र बोटबिरुवा विनाश गरेकामा समवेदना व्यक्त गर्नुभएको छ ।    
 आज अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले अग्नि नियन्त्रण गर्न सम्बद्ध पक्षलाई शीघ्र सफलताको कामनाका साथ सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायलाई आह्वान पनि गर्नुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?