logo
२०८१ मंसिर १४ शुक्रवार



सशस्त्र प्रहरी बल : जिम्मेवारी बहन गर्न सफल

मुख्य समाचार |


सशस्त्र प्रहरी बल :  जिम्मेवारी बहन गर्न सफल


देवबहादुर कुँवर

काठमाडौँ, माघ १३ गते । राज्यका चारवटा सुरक्षा निकायमध्ये एक अर्धसैनिक सुरक्षा सङ्गठन सशस्त्र प्रहरी बल स्थापनाको छोटो अवधिमा देश र जनताको सुरक्षा जिम्मेवारी बहन गर्नमा सफल देखिएको छ । वि.सं. २०५७ माघ ९ मा गठन भएको सशस्त्र प्रहरी बल देशमा आएको परिवर्तनसँगै गतिशील र बहुआयामिक सुरक्षा सङ्गठनका रूपमा स्थापित भएको छ ।
गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरी बललाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउन सङ्गठनका संस्थापक प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठदेखि वर्तमान नेतृत्वको महìवपूर्ण योगदान रहेको बताउनुहुन्छ । ‘‘गणतन्त्र नेपाल स्थापनाका लागि भएको जनआन्दोलन र त्यसले ल्याएको परिवर्तनसँगै यस सङ्गठनको भविष्यमाथि प्रश्न उठेको थियो,’’ उहाँले थप्नुभयो, ‘‘तर आज यो अवस्थामा देख्न पाउँदा खुसी लागेको छ । सशस्त्र प्रहरीको आवश्यकता र महìव प्रतिदिन बढ्दै गएको छ ।’’
विशेष गरी सशस्त्र द्वन्द्व तथा आतङ्ककारी गतिविधि नियन्त्रण गर्ने लक्ष्यअनुरूप गठित सशस्त्र प्रहरी बललाई तत्कालीन नेकपा माओवादीसहितको तेस्रो जनआन्दोलनको सफलतापछि यथावत राख्ने कि विघटन गर्ने विषयमा विवाद उठेको थियो । तर सशस्त्र प्रहरी बलका विभिन्न उद्देश्यमध्ये सीमा सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं औद्योगिक सुरक्षा बलका रूपमा प्रयोग गर्न सकिने पर्याप्त सम्भावनासँगै यस सङ्गठनले गति लिएको सशस्त्र प्रहरी बलका पूर्वअधिकारीहरू बताउँछन् ।
स्थापनाकालमा १५ हजार जनशक्तिबाट सुरु भएको सशस्त्र प्रहरी बलमा हाल करिब ३७ हजार जनशक्ति छ । मुलुकभरका ७७ वटै जिल्ला, सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठवटा बाहिनी रहेका छन् ।
बीओपीको सङ्ख्या २२१ पु¥याइने
सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मेवारी दिएसँगै करिब १० वर्षको अवधिमा भारतसँंग जोडिएको दक्षिण सिमानामा सञ्चालित ८७ वटा सीमा सुरक्षा चौकीको सङ्ख्या २२१ पु¥याउने लक्ष्य राखिएको छ । हाल १०७ वटा सञ्चालित छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णयसँंगै सीमा सुरक्षामा सशस्त्र प्रहरीको मनोबल उच्च बनाइएको बताउनुहुन्छ । सशस्त्र प्रहरी बलले चीनसँंग सीमा जोडिएको उत्तरी नाकाको किमाथाङ्कामा पहिलो पटक सीमा सुरक्षा चौकी राखेको छ ।
पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्म बीओपी राख्नुपर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । सरकारले निर्णय गरेअनुसार बीओपीसँंगै करिब आठदेखि १० हजार थप दक्ष जनशक्तिको माग बढेको छ । हाल सम्बन्धित जिल्लाको गण र गुल्मबाट बीओपीमा जनशक्ति खटाउने गरिएको छ । जुन निकै अपुग र न्यून रहेको भनाइ सशस्त्र प्रहरी बलको छ ।
बजेट र तालिम केन्द्र
त्यस्तै, उत्तरी सीमा बीओपीमा खटिनेका लागि भाषाको अतिरिक्त तालिम र सेवा सुविधा वृद्धि गर्नुपर्ने देखिन्छ । यसका लागि गृहमन्त्रालयले आवश्यक बजेट, पर्वतारोहणसम्बन्धी तालिम केन्द्र स्थापना गर्ने जनाएको छ । प्रत्येक प्रदेशमा एक एकवटा सशस्त्र प्रहरी तालिम केन्द्र, विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यमा संलग्न दक्ष विशेष जनशक्तिको सङ्ख्या पाँच हजार पु¥याउने लक्ष्य राखेको छ । हाल एक हजारभन्दा कम रहेको छ ।
विपद् व्यवस्थापन, खोज तथा उद्धारमा विशिष्ट पहिचान बनाउन सफल सशस्त्र प्रहरीका लागि आवश्यक उद्धार सामग्री, बन्दोबस्ती, उपकरण र प्रविधिको अभाव खट्किएको छ, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता अजय छतकुली भन्नुहुन्छ, ‘‘बाढी, पहिरो, सवारी, दुर्घटना, आगो–पानी र भूकम्प जस्ता विपद् व्यवस्थापनमा जनशक्ति अझै अपूर्ण छ ।’’
सशस्त्र प्रहरीलाई थप गतिशील र बहुआयामिक बनाउन थप दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न विधामा करिब ११ वटा प्रशिक्षण केन्द्रको आवश्यकता महसुस गरिएको उहाँ बताउनुहुन्छ । सीमा सुरक्षादेखि विपद् व्यवस्थापनसम्म, सशस्त्र हिंसा नियन्त्रण गर्नेदेखि कुशल नेतृत्व जन्माउन ती प्रशिक्षण केन्द्र आवश्यक छन् ।

जिम्मेवारीप्रति बफादार
महानिरीक्षक खनाल सशस्त्र प्रहरी बलको १०औँ महानिरीक्षक हुनुहुन्छ । उहाँले सङ्गठनको नेतृत्व गरेको करिब दुई वर्षको अवधिमा आर्थिक पारदर्शिता र सशस्त्र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सफल हुनुभएको दाबी गरिएको छ । गृह प्रशासनअन्तर्गत बेरुजु फस्र्याेटमा पनि सशस्त्र प्रहरी अब्बल रहेको छ । आर्थिक पारदर्शी र सुशासन कायम गर्न, विशिष्ठ व्यक्तिको सुरक्षा, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, भन्सार सुरक्षा, महìवपूर्ण प्रतिष्ठानको सुरक्षामा सशस्त्र प्रहरी प्रभावकारी देखिएको छ ।
आतङ्ककारी गतिविधि, भीड नियन्त्रण र औद्योगिक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । औद्योगिक सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?