गोरखापत्र अनलाइन
काठमाडौं माघ २२ गते । निकै चर्चामा रहदै आएको बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न व्यक्ति विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको र फाईलहरु रुजुभईरहेको जानकारी दिनुभयो । पूर्वमन्त्री तथा अखि्तयार दुरूपयाेग अनुसन्धान अायाेगका पूर्व पदाधिकारी सहित १७५ जना विरूध्द मुद्दा दर्ता गर्न लागिएकाे स्राेतले बताए पनि अाधिकारीक रूपमा पुष्टि हुन बाँकी छ ।