logo
२०८१ मंसिर १४ शुक्रवार



आवश्यकताका आधारमा संविधान संशोधन हुन्छः प्रचण्ड

मुख्य समाचार |


आवश्यकताका आधारमा संविधान संशोधन हुन्छः प्रचण्ड


जिवछ यादव
लहान,माघ २३ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्ताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ ।
सिरहाको सखुवानन्कारकटी गाँउपालिकाले आयोजना गरेको दोश्रो झण्डा महोत्सवको विहीवार उद्घाट्न गर्दै यस्तो बताउनुभएको हो ।
राजनीतिक परिवर्तनका लागि आन्दोलनको कुनै तुक नरहेको भन्दै एकजुट भएर तराई, पहाड र हिमाल सबै क्षेत्रको विकासको लागि सरकार अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,तराई मधेशका असन्तुष्टिहरूलाई आवश्यता र औचित्यताको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ । नेपालको राजनीतिक परिवर्तनमा यस प्रदेशको अहम भूमिका रह्यो । अधिकार र समृद्धि दुबैलाई यहि सरकारले पूरा गर्ने छ ।
सिरहाबाट निर्वाचित भएर दोश्रो संविधान सभाबाट संविधान निर्माण र प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको सक्झना गर्दै यस जिल्लाको चौतर्फी विकासमा सहयोगको लागि सधैं साथ रहने विश्वास दिलाउनुभयो ।
आफू सशस्त्र विद्रहोको तयारी यहि प्रदेश २ का सिरहा धनुषा र सर्लाही लगा्यताका जिल्लाहरुमा बसेर गरेको स्मरण गर्दै प्रचण्डले भन्नुभयो,सिरहा आँउदा आफूलाई माइती आएको अनुभति हुन्छ । सिरहाको कमला, बलान नदी कटानका समस्या समाधान गर्न पहल मात्रै होइन,कोशी कमला डाइभर्सन,हुलाकी मार्ग निर्माण, हुलाकी मार्गसँग जोडिएको लिङक सडक समेत निर्माण कार्य तीब्र गतिमा हुनेछ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, निजगढ काठमाण्डौ फास्ट ट्राक निर्माण कार्य अघि वढिसकको विश्वास दिलाँउदै प्रदेश २ को समृद्धिको आधार कृषि, शिक्षा,स्वास्थ्य र रोजगारीलाई ध्यानमा राखेर सरकारले गृहकार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
सखुवानन्कारकटी गाँउपालिकामा रहेको बलान नदी कटानको समस्या,सडक, शिक्षा र कृषि क्षेत्रमा विशेष सहयोग गर्नुको साथै यस गाँउपालिकाको ५ नम्बर इटहर्वामा राम जानकी मन्दिर निर्माणको लागि चाहिने आर्थिक प्याकेज उपलब्ध गराउन प्रधानमन्त्री केपी ओलीसँग पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपाका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मातृकाप्रसाद यादवले मधेशका नेताहरुले पद र पैसासँग आन्दोलनको उपलब्धहिरुलाई साटेको आरोप लगााउदै मधेशका मागहरु पुरा गर्न नेकपाले संविधान संशोधन गरेर अधिकारको ग्यारेण्टी समृद्धि र विकासको कामहरु अघि बढाउन अध्यक्ष प्रचण्डले खुट्टा कमाउन नहुने सचेत गराउनुभयो ।
पूर्व मन्त्री राम चन्द्र यादवले ठाडी भन्सारलाई स्तर उन्नती, बलान नदी कटान नियणत्रण, किसानलाई सिंचाइको लागि कोशी कमला डाइभर्सन, ठाडी भगवानपुर सडक फराकिलो हुनुपर्ने यस भेगका जनताहरुको माग रहेको जानकारी गराउनुभयो ।
समाजवादी पार्टीको नेतृ तथा सांसद सरिता गिरीले मधेशी जनता अधिकार सम्पन्न हुनै लाग्दा पटक पटक षडयन्त्र हुने गरेको भन्दै मधेशी जनताको अधिकारको लागि संविधान संशोधन नभए फेरि मधेशमा आन्दोलन हुने चेतावनी दिनुभयो ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु प्रभु साह, विश्वाथ साह, सिरहा ३ का सांसद लिलानाथ श्रेष्ठ, सिरहा २ का सांसद सुरेश्चन्द्र दास यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?