logo
२०८१ मंसिर १४ शुक्रवार



मिनी चक्रपथ बनाउन सुझाव

मुख्य समाचार |


मिनी चक्रपथ बनाउन सुझाव


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २५ गते । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले हरेक नगरपालिकाले कम्तीमा तीन किलोमिटरको मिनी चक्रपथ निर्माण गराए उपत्यकाको जनघनत्व कम गरी सवारीसाधनको चाप घटाउन योगदान पुग्ने बताउनुभएको छ ।
तारकेश्वर नगरपालिकाको छैटौँ नगरसभाको उद्घाटन गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘‘काठमाडौँ सांस्कृतिक, पुरातात्विक महìवका संरचनाले भरिपूर्ण सहर हो, सुविधाको खोजीमा सबै यही थुप्रिएका छौँ ।’’
उपत्यकाका सबै नगरपालिकाले आफ्नो क्षेत्र वरिपरि तीन किलोमिटरको सानो चक्रपथको अवधारणा कार्यान्वयन गर्ने हो भने यहाँको जनघनत्वलाई कम गर्न विशेष सहयोग पुग्ने बताउनुभयो । उहाँले त्यस्तो चक्रपथ लैङ्गिक, अपाङ्गतामैत्री सार्वजनिक शौचालय, बसपार्कसहितको बनाउनुपर्ने पनि सुझाव दिनुभयो ।
सरकारले सुरुङ मार्ग निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सन्दर्भमा नगरपालिकाहरूले भित्री सडकलगायत चक्रपथ निर्माणको अवधारणा ल्याए आफू त्यसलाई सफल बनाउन लाग्ने प्रतिबद्धता राज्यमन्त्री मानन्धरले जनाउनुभयो ।
तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराले आर्थिक वर्ष २०७६÷७७ को छैटौँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा परिमार्जित बजेट सार्वजनिक गर्नुभयो । उहाँले चालू आर्थिक वर्ष २०७६÷७७ को बाँकी अवधिका लागि संशोधित बजेट पुँजीगततर्फ एक अर्ब १३ करोड ८८ लाख ५६ हजार र चालूतर्फ ४८ करोड १२ लाख रुपियाँ गरी कुल संशोधित बजेट एक अर्ब ६२ करोड ५६ हजार रुपियाँ प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।
उहाँले उक्त नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित चालू आर्थिक वर्षका लागि कुल अनुमानित बजेट एक अर्ब ३८ करोड ५३ लाख ४८ हजार रुपियाँमध्ये पँुजीगततर्फ ९१ करोड ४८ लाख ७३ हजार र चालुतर्फ ४५ करोड ८७ लाख रुपियाँ बजेट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।
त्यसैगरी, पाँचौँ नगरसभाले कुल १६ करोड आन्तरिक आय अनुमान गरेको चालू आर्थिक वर्ष पुस मसान्तसम्ममा १२ करोड २० लाख नौ हजार ४३३ रुपियाँ रकम आम्दानी गर्न सफल भएको छ । यो छ महिनामा नगरपालिकाले ७६.२५ प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ ।
उहाँले धार्मिक पुराताìिवक, पर्यटकीय महìव बोकेको तारकेश्वर महादेव मन्दिर, मनमैजू मन्दिर, पुरानो गुह्येश्वरी मन्दिर महाँकाल मन्दिर, पाँचमाने, शान्तिधाम, भुवनेश्वरी मन्दिरलगायतका नगरपालिकाभित्रका सम्पदामा सार्वजनिक निजी साझेदारीको अवसरसहितको लगानी गर्न बजेट माग भएको वक्तव्यमा उल्लेख छ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति छ ।
नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाभित्रका सबै वडाको समग्र क्षेत्रको विकासका लागि सहकार्य जारी रहेको बताउनुभयो । त्यस अवसरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी नगरवासी खेलाडीलाई सम्मान गरिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?