गोरखापत्र अनलाइन
काठमाडौं,माघ २७ गते । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको सानेपास्थित निवासमा कामदारबाट हत्या भएको आशंका गरिएको छ ।
सोही घरका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको शव घरको तल्लो तलामा फेला परेको थियो । निजले घाँटीमा पासो लगाएको भए पनि डोरी चुँडिएर शव भुईमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राइले बताउनुभयो ।
उहाँले कसले हत्या ग-यो भन्ने विषयमा एकिन गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँ फोनमा भन्नुभयो ‘हामीले शव परीक्षणका लागि अस्पताल पठाएका छौ र घटना स्थलमा विधिविज्ञान टोलीले जाँच गरी रहेको छ ।’
मृतक कार्कीको निवासमा रगतले लतपतिएको र अचेत अवस्थामा फेला पर्नुभएको थियाे । प्रहरीले तत्कालै उहाँलाई उपचारका लागि स्टार अस्पताल पठाएको थियो ।