logo
२०८१ मंसिर ११ मंगलवार



बुहानबाट उद्धार गर्न स्वास्थ्यतर्फको तयारी पूरा

मुख्य समाचार |
पढ्नै पर्ने |
राष्ट्रिय |


बुहानबाट उद्धार गर्न  स्वास्थ्यतर्फको तयारी पूरा
भक्तपुरका खरिपाटीमा क्वारेनटाइन पाेष्ट निर्माणमा सहयाेग गर्दै नेपाली सेना



सरोज ढुङ्गेल
काठमाडौं,माघ २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्र्पूण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताउनुभयो ।
क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उहाँले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताउनुभयो । उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ । क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ ।
हुबेइबाट आउने नेपालीलाइ छ बुँदे शर्त
यस्तै चीनको हुबइबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरुबारे जानकारी गराएको छ ।
बेइजिङस्थित नेपाल राजदुतावासले त्यहाँ रहेका नेपालीहरुलाई उपलब्ध गराएको नियममा क्वारेनटाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने जानकारी गराएको छ ।
दुतावासले लागू गरेको नियम अनुसार क्वारेनटाइनमा राख्दा खाना¸ पानी¸ शौचालय¸ स्वास्थ्य उपचार , इन्फेक्सन, नियन्त्रण, प्रिभेन्सनको व्यवस्थापन गर्ने जनाएको छ । क्वारेनटाइनमा रहँदासम्म आफन्तहरुसँग भेटघाट गर्न समेत नदिने भएको छ ।
क्वारेनटाइनमा बस्ने नेपालीलाई ६० कोठाको व्यवस्था गर्ने , उचित दुरीको फरकमा सामुहिक बसोबास गर्नुपर्ने हुन्छ । छ जनाले एक शौचालयको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । क्वारेनटाइनमा रहँदा चीनबाट आउने नेपालीको सहजता र आरामलाई सकेसम्म व्यवस्थित गर्ने जनाइएको छ । क्वारेनटाइनमा रहने नेपालीहरुले दुतावासले दिएको हरेक नियम पालना गर्नुपर्ने भन्दै खाना सम्बन्धी , बाथरुम प्रयोग र समय लगायतको नियम पालना गर्नुपर्ने छ । उनीहरुलाई दुतावासले शर्तनामामा हस्ताक्षर गर्न लगाएर मात्र नेपाल फर्काउनेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?