logo
२०८१ मंसिर १२ बुधवार



बुहानबाट नेपालीको उद्धारका लागि विमान उड्यो

मुख्य समाचार |
पढ्नै पर्ने |


बुहानबाट नेपालीको उद्धारका लागि विमान उड्यो
तस्बिर साैजन्य ःरीया भणडारी


गोरखापत्र अनलाइन
काडमाडौं, फागुन ३ गते । चीनको बुहानमा रहेका नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमकाे विमान काठमाडौंबाट बुहानका लागि शनिबार अपरान्ह उडेको छ ।
सो विमानले आइतबार नेपालीहरूलाई काठमाडौं ल्याइ पुर्‍याउने कार्यक्रम रहेको छ । नेपाल वायुसेवा निगमकाे एयर बस ३३० मा १६ जना नेपालीको टोली रहेको र जसमा तीन पाइलट, छ जना क्याविन क्रु, चार जना नेपाली सेनाका चिकित्सकऽ एक जना इञ्जिनियर तथा एक लोडमास्टर रहेको प्रधानमन्त्रीको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी गराउनुभयो
सरकारले कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल चीनको वुहानबाट नेपाल ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?