logo
२०८१ मंसिर १२ बुधवार



पाँच तस्बिरमा खरिपाटीस्थित क्वारेन्टाइनको तयारी

मुख्य समाचार |
पढ्नै पर्ने |


पाँच तस्बिरमा खरिपाटीस्थित क्वारेन्टाइनको तयारी
तस्विर ः रमेश गिरी, रासस



काठमाडौं, फागनु ३ गते । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।    
    
क्वारेन्टाइनस्थलमा आज रासस र नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिनुभयो ।    
    
क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।    
    
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पु¥याउँदै छ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ ।    
    
भवनमध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरी कूल २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको सचिवालयका उपसचिव विदुर खड्काले जानकारी दिनुभयो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली लिएर आज चीन जाँदैछ । विमानमा चीनबाट पुरुष १४३, महिला ४२ र विदेशी नागरिक हुण्डुरसकी एक महिला गरी १८६ जनालाई चीनबाट आइतबार बिहान ३ः०० बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपु¥याइने भएको छ ।   

 

 


    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?