logo
२०८१ जेष्ठ ६ आईतवार



काठमाडौ जिल्ला अदालतबाट महरालाई सफाइ

मुख्य समाचार |
पढ्नै पर्ने |


काठमाडौ जिल्ला अदालतबाट महरालाई सफाइ
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ५ गते । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन हिंसाको आरोप लागेका महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गर्दै सो फैसला गरेको जिल्ला अदालत स्रोतले जनाएको छ । फैसलाको आधिकारीक रुपमा जानकारी गराउन बाँकी छ ।
आइतबार दुबै पक्षका कानुन व्यबसायीबाट बहस सकिए पनि समय अभावका कारण उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।
पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, दिनमणी पोखरेल, डा.भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो ।
विगत तीन महिना देखि महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?