गोरखपात्र अनलाइन
काठमडौं, फागुन ५ गते । जिल्ला अदालत काठमाडौंले सफाइ दिए लगतै रिहाइको प्रक्रिया पूरा गर्न पूर्व सभामुख कृष्णबहादुर महरालाई सदर खोर डिल्लीबजार लगिएको छ ।
उहाँको कानुनी प्रक्रिया पूरा गर्न केही बेर लाग्ने महरा सभामुख हुँदा प्रेस संयोजक जिम्मेवारीमा रहनु भएका डिल्ली मल्लले जानकारी गराउनुभयो ।
जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई आजै सफाइ दिएको थियो । महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गरेको थियो