logo
२०८१ मंसिर १५ शनिवार



दुई वर्षभित्र सबैलाई विद्युत्

मुख्य समाचार |


दुई वर्षभित्र सबैलाई विद्युत्


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्र सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुग्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरमा मन्त्री पुनले केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिडबाट विद्युत् पु¥याउने लक्ष्य रहेको बताउनुभयो । अव्यवस्थित काठका पोल हटाउने र विद्युतीकरणबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री पुनले अर्को वर्षबाटै काठमाडौँमा भूमिगत तहबाट विद्युत् वितरण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०२१ देखि भूमिगत तहबाट विद्युत् वितरण हुने छ । त्यसपछि उपत्यकाका अन्य जिल्लामा दोस्रो चरणमा काम हुने छ । देशका मुख्य सहरमा पनि भूमिगत वितरणबारे अध्ययन भइरहेको छ । ८८ प्रतिशत नागरिक विद्युत्को पहुँचमा अहिले छन् । आगामी दुई वर्षमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्य छ । केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिड स्थापना गरेरै भए पनि विद्युत् पु¥याउने सरकारको कार्यक्रम छ । ” उहाँले हाल करिब चार लाख काठका पोल रहेको बताउनुभयो । त्यसमा सामुदायिक विद्युतीकरणका तथ्याङ्क सामेल रहेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८०÷८१ सम्म खेतीयोग्यमध्ये ९० प्रतिशत जमि(नमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको पनि उहाँको भनाइ छ । चालू वर्षमा सिँचाइ र नदी नियन्त्रणका लागि सङ्घीय सरकारले २० अर्ब ८५ करोड रुपियाँ बजेट विनियोजन गरेको पनि मन्त्री पुनको भनाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?