logo
२०८१ मंसिर १२ बुधवार



ट्रक अनियन्त्रित हुँदा एकको मृत्यु चार घाइते १० सवारीमा क्षति

मुख्य समाचार |
पढ्नै पर्ने |




ेरखापत्र अनलाइन
काठमाडौं, फागुन १२ गते । काठमाडौं कंलकीमा ब्रेक फेल भएको ट्रक अनियन्त्रित हुँदा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
ट्रकको ठक्करबाट छ बटा चार पांग्रे सवारी साधन र चार वटा दुई पाँग्रे सवारी साधनमा क्षति पुुगेको नेपाल प्रहरी कालिमाटी वृत्तका डिएसपी रुग्म कुँबरले बताउनुभयो ।
कतिपय सवारी धनीले सवारी साधन घटाना स्थलमा नै छाडेर गएकाले उनीहरू उपचारका लागि अस्पताल गएको हुन सक्ने हुँदा घाइतेको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । सो ट्रक थानकोटबाट कलंकीतर्फ आउँदा ढुङ्गेअड्डाको ओरालोमा अनियन्त्रित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?