गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । नेपालीले निकै उल्लासका साथ मनाउने होली पर्व आज विदेशी पर्यटकले पनि निकै अभिरुची साथ मनाए ।
नेपालमा होलीका लागि भनेर पनि ठूलो संख्यामा युवा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यबसायीहरूको भनाइ छ ।
काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले हाेलीका कन्सर्ट गर्न बन्देज लगाए पनि आज राजधानीका विभिन्न ठाउँमा होली पर्व खुशी साथ मनाएकाे थियाे । अपरान्ह सम्ममा पाटनको मंगल बजारमा एक जना पर्यटकले आफू माथि दुव्यबहार भएको गुनासो प्रहरीसँग गरेको बाहेक अन्य कुनै गुनासो नआएको पर्यटन प्रहरी भृकुटीमण्डपकी प्रहरी निरीक्षक अस्मिता कपालीले बताउनुभयो ।
मध्यान्न सम्म राजधानीमा होली खेल्नेको हुल त्यति नदेखिए पनि मध्यान्न पछि भने ठूलै संख्यामा होली खेल्ने युवा समूह सडममा उत्रिएका थिए ।
तस्बिरस: सागर बस्नेत