logo
२०८० चैत्र १६ शुक्रवार

  अमेरिकामा काेराेनाकाे प्रभाव 



बाध्यता परे मात्रै मानिस घर बाहिर निस्केका देखिन्छन्

मुख्य समाचार |
पढ्नै पर्ने |


बाध्यता परे मात्रै मानिस घर बाहिर निस्केका देखिन्छन्


दिनेश पोखरेल
क्यालिफोर्निया, चैत्र ४ गते । म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहर बस्छु । फ्रान्सिस्कोमा कोरोना भाइरस (कोभिड १९)संक्रमण हुनेको संख्या बढ्दो छ । यहाँको सरकारले कोरोनाको संक्रमण थप फैल्न नदिन कडा सतर्कता अपनाएको छ । तर पनि अमेरिकाको धेरै क्षेत्रमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ ।अहिले स्कुल, कलेज लगायत सबै शैक्षिक संस्थाहरू बन्द छन् । 

हामी बस्ने क्षेत्रमा नगरपालिकाले मानिसको जमघट भई कुराकानी गर्न र खेलहरु नखेल्न भनेको छ । सडकमा पहिलाको तुलानामा दिनप्रतिदिन गाडी कम देखिन थालेका छन् । मानिस बाध्यता परे मात्रै बाहिर निस्केको देखिन्छ भने अनावश्यक रुपमा मानिस घरबाहिर निस्किएको पाइँदैन् । म काम परेर एअरपोर्ट गएको थिएँ एअरपोर्टमा आवतजावत सुनसान जस्तै छ एउटा प्लेनमा चार पाँच जनामात्र चढेको देंखे । मानिसहरु यहाँ यात्रा गर्न छोडेको अवस्था छ । सरकारले घरबाट इन्टरनेटको प्रयोगबाट हुने काम घरबाटै गर्न भनेको छ ।

म पनि केही दिनदेखि इन्टरनेटबाटै घरमै बसेर काम गरिरहेको छु । मैंले देखेको भोगेको अनुसार अमेरिकामा धेरै काम इन्टरनेटबाटै हुन्छन् । कुनै मानिस विरामी भए आफनो डक्टरलाई इन्टरनेटबाट वा फोन गरेर आफनो स्वास्थ्य बारेमा जानकारी गराएर भेटनको लागि समय लिनु पर्ने हुन्छ ।
केहि दिनदेखि यस क्षेत्रको बजारमा खाद्यन्न, पानी, तेल, तरकारी, मासु लगायत दैनिक जिवनमा प्रयोग हुने सामानहरु सहज रुपमा पाइएको अवस्था छैन् । धेरै मानिसले कोरोनाको डरले महिनौं दिनलाई पुग्ने सामान किनेर राख्दा भनेको सामान नपाइएको सुपमार्केट सञ्चालक बताउँछन् ।

मैले पनि भोलि के हुन्छ थाहा छैन् त्यस कारण केहि महिना पुग्ने अत्यावश्यक सामान किनेर राखिसकेको छु । सामान बाहिरबाट पसलमा आउँने वितिकै मानिसहरुले किन्ने गरेको कारण पछि जाने मानिसलाई सामान नपुग्ने अवस्था छ ।
अमेरिकामा सरकारले कोरोना संक्रमण थप फैलन नदिन काम गरे पनि आममानिसहरु भोलि के हुने हो भनेर आत्तिएको अवस्था छ । यहाँ कार्यरत धेरै नेपालीलाई काम छोड्नु पर्दा गाडी र घरको किस्ता तिर्ने समस्याले पिरोलिएका छन् ।
यहाँका बैंकले ऋण लिएकालाई व्याजदर घटाइदिने बताइएको छ ।

सरकारले इमरजेन्सी कामको लागि सहयोग गर्ने बताए पनि अन्य कामको लागि आफै व्यवस्था गर्नु पर्ने हुन्छ ।साथै फोन, इन्टरनेट, पानी ग्यास लगायत अत्यावस्यक सेवा पैसा नतिरे पनि हाल सरकारले नकाट्ने भनेकोे सुनेको छु । कोरोना संक्रमणको लक्षण देखा परेका मानिस र परिवारलाई विभिन्न संघ सस्था कम्पनीले सहयोग गर्दै आएका छन् ।

(अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहर रहनु भएका अर्घाखाँचीका पोखरेलसँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप