logo
२०८१ मंसिर ११ मंगलवार



काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल, निर्णय हुन बाँकी

मुख्य समाचार |
राष्ट्रिय |


काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल, निर्णय हुन बाँकी
फाइल तस्बिर: केशवराज पाैडेल/गोरखापत्र


गोरखापत्र अनलाइन

काठमाडौं, चैत २७ गते । सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहनेलाई भोलि र पर्सि दुई दिन खुला गर्ने तयारी गरेकोे छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिमा भोलि र पर्सि दुई दिन खुला गरी के कसरी जान दिने भन्ने मोडालिटीमा छलफल भईरहेको तर निर्णय भइनसकेको समिति सम्बद्ध स्रोतले बताएकाे छ 

राजधानीबाट धेरै मजदुर तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गर्ने तयारी गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?