भक्तिबिलाश पोखरेल
गाईघाट,वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा लुकिछिपि बस्दै आएका चार नेपालीसहित १६ जना मध्ये १२जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुस्टी भएसंगै प्रशासनले कडा सुरक्षा घेरामा भुल्के गाउँलाई शील गरेको छ ।
सो मस्जिदको करीब पाँच सय मिटिरको दुरमा नेपाली सेनाको १८ वाहिनी रहेको छ । गुजमुज्ज बस्ती भएको सो क्षेत्रमा एउटा माध्यमिक विद्यालय समेत छ ।
यहाँका मुसलमान समुदाय जिल्लाकै राम्रो तरकारी खेती गर्ने समुदाय भएको र बजारमा सोही क्षेत्रका महिलाले तरकारी विक्री गर्नुका साथै प्रहरी कार्यालय तथा सेनाको व्यारेकमा समेत सोही गाउँबाट तरकारी आपूर्ति गर्ने गरिएको छ ।
भुल्केमा पहाडी समुदाय र मुसलमान समुदायको छासमिस बस्ती छ । यो गाउँ गाइघाट बजारबाट करीब सात किलोमिटरको दुरीमा रहेको छ ।
सो मस्जिदमा बस्दै आएका मध्य ११ जना भारतीय र एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण हुन नदिन करिव छ सय घर रहेको भुल्के गाउँलाई शुक्रवार साँझदेखि कडा सुरक्षा घेरामा सिल गरी संक्रमितलाई उपचारका लागि विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद पहाडीले बताउनुभयो ।
मस्जिदमा लुकेर वसेका भारतीय नागरिकहरुमा एकैपटक यति ठूलो संख्यामा कोरोना भाइरसको पोजेटिभ संक्रमण भएको पुष्टि भएपछि उदयपुर जिल्ला भरीका मस्जिद र आसपासका क्षेत्रमा हिँडडुलमा रोक लगाइनुका साथै ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पहाडीले बताउनुभयो ।
सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रलाई सिल गरेर कडा सुरक्षा घेरामा राखनुका साथै संक्रमितहरुको ट्राभल हिष्ट्री खोजी गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उहाँहरु जोगवनी नाकाबाट विराटनगर हुँदै आएको स्थानीयवासीले बताएका छन् ।
संक्रमित नेपालमा लकडाउन हुनु अगाडि नै नेपाल छिरेको भन्ने गरेको भए पनि स्थानीयले भने लकडाउनको समयमा नै चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दावी गरेका छन ।
जिल्लाको त्रियुगा नगरपालीमा कोरना पुस्टी भएसंगै जिल्लाका अन्य पालिकामा समेत उच्च सर्तका अपनाइएको छ । भुल्के मस्जित आपसासमै नेपाली सेनाको १८ बाहीनी अड्डासमेत भएका कारण यतिवेला सो क्षेत्रका स्थानीयहरु र नेपाली सेनामा त्रास छाएको छ । यस वाहेक उदयपुर सहित छिमेकी जिल्लाका स्थानीयहरु समेत त्रसित भएकाछन ।
यसैबीच प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शनिवार विहान बसेको जिल्ला विपत ब्यावस्थापन समितिको आकस्मिक वैठकले तत्काल स्वास्थ उपकरणसहित चिकित्सकहरको टोली पठाउन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग माग गर्ने,मस्जिद र आसपासका क्षेत्रमा सर्च अभियान सञ्चालन गर्ने,भुल्के गाउँका सवै मानिसको नमूना संकलन गरी परिक्षण गर्ने लगायतका निणृयहर गरेको प्रजिअ पहाडीले बताउनुभयो ।
भुल्के एरीयाका मुस्लिम समुदायका मानिसहरुबाट सदरमुकाम गाईघाट लगायतका बजारहरुमा दैनिक ठुलो मात्रमा तरकारीहरु आपुर्ति हुदै आएको थियो । त्यस कारण पनि अव हुने परिक्षणको दायरा सबै तिर बढाउनु पर्ने जिल्लाका अधिकारकर्मिहरुको भनाई छ ।
कोरोना पोजेटिभ देखिएका सवै मानिसहरु विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । भारतीयले आफूहरु मोरङबाट सप्तरीको वोदेबर्साइन नगरपालिका वडा नं ५ जाँजरमा फागुन ३ गते देखि ५ गतेसम्म भएको धार्मिक सम्मेलनमा सहभागी भई राजविराज हुँदै उदयपुर आएका हौ भनि बताउने गरेको स्थानीयको भनाइ छ ।
यसैबीच प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट आवश्यक उपकरणसहितको चित्सिकहरुको टोलीले आज अपरान्हबाट भुल्के गाउाका करिव छ सय परिवारका मानिसहरुको नमूना सङ्कलन गर्ने तयार िगरेको प्रदेशसभा सदस्य हिमाल कार्कीले बताउनुभएको छ ।