logo
२०८१ फाल्गुन १९ सोमवार



प्रधानमन्त्रीद्वारा भोलि दीप प्रज्वलन गर्न आग्रह   

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा भोलि दीप प्रज्वलन गर्न आग्रह   


काठमाडौँ, वैशाख   २४  गते ।  प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गर्नु भएको छ ।    
उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?