logo
२०८१ फाल्गुन १२ सोमवार



रौतहटका दश सङ्क्रमित पाँच दिनअघि मुम्बइ र गुजरातबाट आएका थिए, घर पुगेका थिएनन्

मुख्य समाचार |
प्रदेश |


रौतहटका दश सङ्क्रमित पाँच दिनअघि मुम्बइ र गुजरातबाट आएका थिए, घर पुगेका थिएनन्


यादवराज पुरी
रौतहट, जेठ ४ गते रौतहटमा थप दश जना कोरोना सङ्क्रमित पाँच दिनअघि भारतको मुम्बई र गुजरातबाट आएका र उनीहरुलाई परिवारको सम्पर्कमा जान नदिई इशनाथ, परोहा र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार उनीहरु नेपाल प्रवेश गर्न लाग्दा नाकामै नियन्त्रणमा लिएर स्वाब परीक्षणको लागि काठमाडौँ पठाई क्वारेन्टाइनमा राखिएको थियो । यसअघि रौतहटमा तीन जनालाई कोरोना सङ्क्रमण भइसकेको छ । हालसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतबार बिहान दिनुभएको सूचनाअनुसार रौतहटमा थप दश जना कोरोना सङ्क्रमित भेटिएको हो । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा स्वाब परीक्षण गरिएको थियो ।
सङ्क्रमण हुनेमा रौतहट राजपुर नगरपालिका–९ फरहदवाका सात जना पुरुष र इशनाथ नगरपालिका तीन जना पुरुष रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?