गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग कोरोना महामारीसम्बन्धी परामर्शका लागि बैठक डाक्नुभएको छ । आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूसँग यस्तो परामर्श बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
त्यस्तै, जारी लकडाउनको मोडालिटीलागायत विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल सचिवालय जनाएको छ । आज अपरान्ह बस्ने बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने सम्भावना रहेको उपप्रधानमन्त्री पोखरेल स्रोतले जानकारी दिएकाे छ ।