सुजल श्रेष्ठ
प्यूठान, साउन ४ गते । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । गएराति १२ः५५ बजेको समयमा स्वर्गद्वारी नगरपालिका-३, रुमालेमा लु २ च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।
मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । साउने सङ्क्रान्ति मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाइ छ । उहाँका अनुसार ट्रयाक्टरमा सवार एक जना भने बाँच्न सफल भएका छन् । ट्रयाक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेकाे छ ।