logo
२०८१ फाल्गुन २८ बुधवार



दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण

मुख्य समाचार |
प्रदेश |


दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १३ गते । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालमा सोमबार गरिएका परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित १५ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका डा. निरज सिंहले सोमबार गरिएका परीक्षणको राति अबेर आएको रिर्पोटअनुसार दुई जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो ।
नयाँ सङ्क्रमितहरूमा २३ वर्षदेखि ५६ वर्ष उमेर समूहका १४ जना पुरुष र एक जना महिला रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि हुनेमा दुइ स्वास्थ्यकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका तथा स्वेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका रहेको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिनुभयो ।

नयाँ फेला परेकामध्ये दुइ जना चिकित्सकसहित अधिकांश सङ्क्रमित वीरगञ्जका रहेका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको बताइएको छ । वीरगञ्ज–११ श्रीपुरका एक २६ वर्षीय चिकित्सक र वीरगञ्ज–४ बिर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सक आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए भने वीरगञ्ज–४ बिर्ता बस्ने नारायणी अस्पतालमा कार्यरत अर्का ४० वर्षीय चिकित्सक पाँच दिनदेखि ज्वरो आएर बिरामी भएर स्बाव परीक्षण गराएका थिए । नारायणी अस्पतालमै कार्यरत एक ३१ वर्षीय कर्मचारीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज–११ श्रीपुरकी ४५ वर्षीया महिला अनि ज्वरो, खोकी लागेपछि शङ्का लागेर पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै, जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय पुरुष, भारतको बैङ्गलोरबाट आएका वीरगञ्ज–२३ सबैठवाका २६ वर्षीय पुरुष र ईलाम घर भई भारतबाट आएर पर्साको ठोरीस्थित सरस्वती मावि क्वारेन्टिनमा बस्दैआएका ५६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो । त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–५ बस्ने एक जना ४१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालमा १० जना महिलासहित ५७ जना सङ्क्रमितको उपचार भइरहेको र चार जना आईसीयुमा उपचाररत रहेको डा. निरज सिंहल जानकारी दिनुभयो । आइसोलेसन बेडको अभावमा यसअघि नै कोरोना सङ्क्रमण पुष्टि भएका पर्साका ४२ जना सङ्क्रमितलाई आइसोलेसनमा ल्याउन सकिएको छैन भने सोमबार १५ जना थएिएसँगै आइसोलेसनमा राख्ने अझ चुनौती थपिएको छ । सङ्क्रमितहरूमध्ये कतिपयलाई क्वारेन्टिनमै राखिएको छ भने केहीलाई घरमै आइसोलेटेड बस्न भनिएको तर होम आइसोलेसनसम्बन्धी कार्यविधिको पालना भए नभएको कसैले अनुगमन गरेको देखिँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?