logo
२०८१ बैशाख ८ शनिवार



पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

मुख्य समाचार |
प्रदेश |


पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको  मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १६ गते । पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २, छपकैयाका ७० वर्षीय ज्येष्ठ नागरिककाे आफ्नै घरमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएका दुवै जनाको पीसीआर परीक्षण गर्दा रिपाेर्ट पोजिटिभ आएकाे हाे ।  

कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । बिहीबार राति पौनै ११ बजे सीईओको मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो ।

त्यस्तै, नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । उहाँको बिहीबार बेलुकी ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । अर्का ७० वर्षीय व्यक्ति भने बिहान मृत अवस्थामा आफ्नै घरमा फेला पर्नुभएकाे हाे । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरी बिहीबार राति १० बजे अाएकाे रिपाेर्टमा मृतक दुवैकाे रिपाेर्ट काेराेना पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो । 

साउन ५ गते ज्वरो आएपछि स्थानीय क्लिनिकमा जँचाएर औषधी सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि युवक तराई हस्पिटलमा उपचार गराउन पुग्नुभएकाे थियाे । तराई हस्पिटलमा भर्ना भएर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहाँलाई साउन १३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार सुरु गरिएको थियो । साउन १३ गतेदेखि गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत उहाँकाे मृत्यु भएको थियो ।

त्यस्तै, छपकैयास्थित घरमा एक्लै बस्दैआउनुभएका ७० वर्षीय ज्येष्ठ नागरिक बिहीबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएकाे थियाे । राति सुतेकाे उहाँ बिहीबार बिहान नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय, बिर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा उहाँ कोठामा मृत अवस्थामा हुनुहुन्थ्याे ।

साउन १ गतेदेखि हालसम्म पर्सामा कोरोना सङ्क्रमण भएका १० जनाको मृत्यु भइसकेको छ भने अझ चार जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. निरजकुमार सिंहले जानकारी दिनुभयो । अवस्था गम्भीर रहनेमा तीन जना आईसियूमा उपचाररत सङ्क्रमित हुन् भने एक जना शङ्कास्पद सङ्क्रमित हुन् । कोरोना अस्पतालमा उपचाररत अधिकांश सङ्क्रमितहरूमा कोरोनाको जस्तै लक्षण देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?