logo
२०८० चैत्र १६ शुक्रवार



बुटवलमा दुईको मृत्यु, एकमा सङ्क्रमण पुष्टि, एक शङ्कास्पद

मुख्य समाचार |
प्रदेश |


बुटवलमा दुईको मृत्यु, एकमा सङ्क्रमण पुष्टि, एक शङ्कास्पद


दीपक ज्ञवाली
बुटवल, साउन २८ गते । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । दुवैको आज बिहान मृत्यु भएको हो । मृतकमध्ये एक जना कोरोना सङ्क्रमित भएको अर्का शङ्कास्पद सङ्क्रमित व्यक्ति हुन् ।
मृतक दुवै जना कपिलवस्तु जिल्लाका भएको अस्पताल कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका-२ तौलिहवाका ४२ वर्षीय पुरुष हुनुहुन्छ । उहाँलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याएलगत्तै आसीयुबाट भेन्टिलेटरमा सारिएको थियो ।
उनको बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका-१३ का २२ वर्षीय युवा हुनुहुन्छ । उहाँलाई साउन २७ गते अस्पताल ल्याइएको थियो । गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै उसैदिन भेन्टिलेटरमा राखिएको थियो । उहाँ भारतबाट आउनुभएको थियो । तर, उहाँको नतिजा आउन बाँकी छ । उहाँको बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?