logo
२०८१ चैत्र ३ सोमवार



पोखरामा कोरोनाबाट ८७ वर्षीय पुरुषकाे मृत्यु, कुल मृतक सात

मुख्य समाचार |
प्रदेश |


पोखरामा कोरोनाबाट ८७ वर्षीय पुरुषकाे मृत्यु, कुल मृतक  सात


तारा चापागाईं दुवे
पोखरा, भदौ २ गते । पोखराले कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्य भएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँ उपचारका लागि साउन ३२ गते अस्पालमा भर्ना हुनुभएको थियो ।
यसअघि पोखरामै उपचाररत तनहुँका एक महिलाको मृत्यु भएको थियो । तनहुँको व्यास-१, अम्रेनीका ५० वर्षीया महिला निमोनियाका साथै सुगर, प्रेसर र मुटुको समस्या भएपछि साउन ३१ गते उपचारका लागि कास्की सेवा अस्पतालमा भर्ना भएकी उहाँको सोमबार राति उनको मृत्यु भएको थियो भने आइतबार स्वाबको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
मृतक दुवै जनाको शव व्यवस्थापनको तयारी भइरहेको प्रशासनले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?