गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ४ गते । कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो ।
विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै मनमोहन दृश्य देखिए । सडकमा कतै गाडी नपाएर बिरामीलाई रिक्सामा कुदाइरहेको दृश्य पनि देखिन्थ्यो । कतै सडकमै बसेर चिउराको फाँको मार्दै भोक मेटाइरहेका पनि देखिन्थे ।
फोटो पत्रकार सागर बस्नेतले क्यामेरामा कैद गरेका दृश्यहरू ।