काठमाडौँ, भदौ १७ गते । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसपालिको पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई ३१ गते समापन हुँदैछ । औँसीमा सङ्क्रान्ति परेका कारण असोज २ देखि भने एक महिना हुने अधिक मास अर्थात् पुरुषोत्तम मास पर्न जाँदा दसैँ पर सरेको छ । कोभिड–१९ ले एकछत्र रजाइँ गरिरहँदा चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएन । श्राद्धादि कर्म पनि सकेसम्म कोरोनालाई ख्याल गरी घरैमा गर्नुपर्ने बाध्यता रहेको छ ।
हेराैँ, सोह्रश्राद्धका अवसरमा फाेटाेपत्रकार सुजन गुरूङले खिच्नुभएकाे तस्बिरः
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र