logo
२०८१ मंसिर १५ शनिवार



बाल अधिकार संरक्षणमा जोड

मुख्य समाचार |


बाल अधिकार संरक्षणमा जोड


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त बालबालिका तथा अभिभावकमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सन्देशमा राष्ट्रपतिले सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बाल अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महामारी अन्त्यपछि शैक्षिक क्रियाकलाप यथावत् सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालले बाल अधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?