logo
२०८१ फाल्गुन १२ सोमवार



उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

मुख्य समाचार |


उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने


काठमाडौँ, चैत ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?