काठमाडौँ, चैत १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।
यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।