logo
२०८१ जेष्ठ १ मंगलवार

  एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न  



महाधिवेशन आयोजक कमिटी के.क.मा रुपान्तरण, कारबाही फुकुवा

मुख्य समाचार |


महाधिवेशन आयोजक कमिटी के.क.मा रुपान्तरण,  कारबाही फुकुवा
तस्बिर सुजन गुरूङ्ग 


लक्की चाैधरी 
काठमाडौं, असार १६ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले बैठकले सो निर्णय गरेको हो ।

महाधिवेशन आयोज कमिटीको बैठकबारे पत्रकारलाई जानकारी दिनुहुँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर गरेको बताउनुभयो । बैठकले बेदुराम भुषाल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्तलगायतलाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुमाथि गरिएको कारबाही फुकुवा गरेको छ । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको ज्ञवालीले जानकारी दिनुभयो । अब पार्टी पुरानै केन्द्रीय कमिटीको तहबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।

बैठकको निर्णयपछि अब सबै नेताहरु पार्टी एकताको पक्षमा आउनुहुने विश्वास व्यक्त गर्नुहुँदै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिनुभयो । 

त्यसैगरी बैठकले नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । स्वास्थ्य उपचारमा सरकारले सहयोग गरेकोप्रति एमालेले धन्यवाद व्यक्त गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष बैठकले निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी प्रवक्ता ज्ञवालीकाअनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितको पुनर्स्थापनाको काम गर्न पनि बैठकले सरकारसँग आग्रह गरेको छ

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप