logo
२०८१ जेष्ठ ५ शनिवार



एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख, भोलिसम्म टुङ्गो लाग्ने

मुख्य समाचार |


एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख, भोलिसम्म टुङ्गो लाग्ने


सपना थामी 

काठमाडौं, असार २३ गते । नेकपा एमाले कार्यदलको आज बसेको बैठक गम्भीर एवम् सकारात्मक रहेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताउनुभयो । उहाँले बैठकका लागि बिहान साढे ८ बजेदेखि तयारी भए पनि बैठक केही समय पछाडि सरेको पनि बताउनुभयो । एमाले पार्टी एकताका लागि कार्यदलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि भेट गरी आज साँझसम्म टुङ्गोमा पु-याइने पनि नेम्वाङले बताउनुभएको छ ।

आवश्यक परेको खण्डमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा भेटको सम्भावना पनि रहेको उहाँले बताउनुभएको छ । यसपश्चात् भोलिसम्म कार्यदलको बैठक औपचारिकरुपमै टुङ्गोमा पुग्ने नेता नेम्वाङले बताउनुभएको छ । समग्रमा एमाले कार्यदलको बैठक आशावादी रहेको उहाँको भनाइ छ ।  यसैबीच आजको कार्यदलको बैठक निष्कर्ष उन्मुख रहेको एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलको पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुङ्गो लाग्ने पनि ज्ञवालीले बताउनुभएको छ । हामी भोलिसम्म टुङ्गोमा पु-याउने गरी बैठक बस्नेछौं ज्ञवालीले आजको बैठकबारे बताउदै भन्नुभएको छ । केही प्राविधिक समस्या नआए भाेलिसम्ममा टुङ्गाेमा पुग्छाैं, उहाँले बैठकपछि पत्रकारहरूलाई भन्नुभयाे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?