logo
२०८१ माघ २२ मंगलवार



स्वीकृत निर्वाचन कार्यतालिका रद्द

मुख्य समाचार |


स्वीकृत निर्वाचन कार्यतालिका रद्द


     
काठमाडौँ, असार ३० गते । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    
अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वाेच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?