logo
२०८१ मंसिर ६ बिहीवार



सत्तारुढ गठबन्धन कार्यदलले साझा कार्यक्रमको प्रतिवेदन बुझायो

मुख्य समाचार |
राजनीति |


सत्तारुढ गठबन्धन कार्यदलले  साझा कार्यक्रमको प्रतिवेदन बुझायो
फाइल तस्बिर


सपना थामी

काठमाडौं, साउन २२ गते । सत्ता सञ्चालनका लागि गठित कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएकाे छ ।  सत्ता सञ्चालनका लागि गठित कार्यदलको बिहीबार बसेको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेको थियो । कार्यदलले आज शुक्रबार बिहान उक्त प्रतिवेदन सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाएको कार्यदलका एक सदस्य देव गुरुङले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवासहित शीर्ष नेतृत्वहरुलाई साझा कार्यक्रम र कार्यविधि बुझाउने गरी गठित उक्त कार्यदलमा  काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकक र  काँग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहनुभएकाे छ ।

साे प्रतिवेदन बुझ्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको सत्तारुढ पाँचदलीय गठबन्धनद्धारा सरकार सञ्चालनका लागि कार्यदल गठन गरिएको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्व रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रमका लागि निरन्तर छलफल गर्दै आएको थियो । न्यूनतम साझा कार्यक्रमको टुङ्गोपछि केही दिनभित्रै सरकारले पूर्णता पाउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?