logo
२०८१ बैशाख २७ बिहीवार



प्रतिनिधिसभा बैठक दोस्रो पटक १५ मिनेका लागि स्थगित

मुख्य समाचार |


प्रतिनिधिसभा बैठक दोस्रो पटक १५ मिनेका लागि स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । प्रतिनिधिसभा बैठक दोस्रो पटक पुनः पन्ध्र मिनेटका लागि स्थगित भएको छ । पन्ध्र मिनेटका लागि स्थगित बैठक ५ बजे पुनः शुरुभएको थियो । बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) का सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी शुरु गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

संविधानको वर्खिलाप आफूले काम नगरेको भन्नुहुँदै सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गर्नुभयो । एमाले सांसदहरुले राख्नुभएको मागमाथि आफ्नो ध्यानाकर्षण भएको भन्नुहुँदै सभामुख सापकोटाले बैठक शुचारुका लागि सहयोग गर्न आग्रह गर्नुभयो । आफू संविधान, विनियमअनुसार अगाडि बढ्ने र त्यसको पालना गर्नु विपक्षी दलको पनि दायित्व भएको उहाँले बताउनुभयो ।

नाराबाजी र विरोधकैबीच सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम आफ्नो अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुभयो ।

एमालेले कारवाही गरेको चौध जना सांसदलाई बैठकबाट निष्काशन गर्न माग गर्दै सांसदहरुले रोष्टम अगाडि उभिएर नाराबाजी गर्नुभएको छ । आन्दोलनरत सांसदहरुले सभामुख सापकोटाविरुद्ध नाराबाजी गर्नुभएको थियो । ‘विधिको शासन कायम गर’, ‘पार्टी फुटाउन पाइँदैन’ लगायतका नाराहरु सांसदहरुले लगाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?