logo
२०८१ माघ ११ शुक्रवार



प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

मुख्य समाचार |


प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले राससलाई जानकारी दिनुभयो ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताउनुभयो । सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा ९एमाले०ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?