logo
२०८१ मंसिर १० सोमवार

  सत्ता गठबन्धनको बैठक सम्पन्न  



आज मन्त्रिपरिषद् विस्तार संभावना कम, दलहरू आन्तरिक छलफलमा

मुख्य समाचार |


आज मन्त्रिपरिषद् विस्तार  संभावना कम,  दलहरू आन्तरिक छलफलमा


काठमाडौं, असोज २१ गते । सत्ता साझेदार दलहरुको शीर्ष नेताहरुबीच दिउँसो १ बजेदेखि सुरु भएको बैठक सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे टुंगो लाग्न सकेन ।

‘प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचमा भोलि  मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भयो’, प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनायो । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाका अनुसार सत्ता गठबन्धनको बैठक पश्चात् नेकपा ९एस० का अध्यक्ष नेपालसहित पार्टीको स्थायी कमिटीको बैठक अझै जारी छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाका अनुसार सत्ता गठबन्धनपछि जसपा पुनः आन्तरिक छलफलमा जुटेको छ । यसपछि पुनः सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारबारे अन्तिम निर्णय गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?