काठमाडौं, असोज २२ गते । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारमा पठाउने थप मनत्रीहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालय स्राेतका अनुसार डा.मिनेन्द्र रिजाललाई रक्षा मन्त्रालय, दिलेन्द्रप्रसाद बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, उमा रेग्मीलाई महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र हालका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको हो । त्यस्तै खानेपानी तथा सरसफाइ मन्त्रीमा उमाकान्त चाैधरीकाे नाम रहेकाे छ प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आजै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने सम्भावना छ ।