logo
२०८१ बैशाख १७ सोमवार

  मन्त्रिपरिषद्काे निर्णय  



धानबाली क्षति अध्ययन गर्न कार्यदल गठन, तीन दिनकाे समय

मुख्य समाचार |


धानबाली क्षति अध्ययन गर्न  कार्यदल गठन, तीन दिनकाे समय


काठमाडौं, कात्तिक ८ गते । बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।सोमबार बसेको मनित्रपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । कार्यदलले तीन दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?