logo
२०८१ मंसिर १० सोमवार



प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने नेपाल बारको निर्णय

मुख्य समाचार |


प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने नेपाल बारको निर्णय
तस्बिर : केशब गुरूङ


काठमाडौं, कात्तिक २९ गते । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्ने जनाएकाे छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग संवाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिनुहुँदै साे कुरा बताउनुभएकाे हाे ।

प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई संवादका लागि आह्वान गर्नुभएको थियो । सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेकाे बेला जबराले विज्ञप्तिमार्फत संवादमा आउन आह्वान गर्नुभएको थियो ।

यता, बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न तयार नभएकाले राजीनामा दिएर निकास गर्नुपर्ने बताउनुभयो । ‘हामी वार्तामा बस्दैनौं, ’ उहाँले भन्नुभयो, ‘तत्काल उहाँले राजीनामा दिनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?