logo
२०८१ बैशाख १४ शुक्रवार



गोलाप्रथाबाट पहिलाे पटक सर्वोच्चमा पेशी ताेकियाे

मुख्य समाचार |


गोलाप्रथाबाट  पहिलाे पटक सर्वोच्चमा पेशी ताेकियाे


काठमाडौं, मङ्सिर १५ गते । सर्वोच्च अदालतमा आज गोलाप्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोलाप्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
गोलाप्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलास परेको छ । यसैगरी न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल,सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका लागि संयुक्त इजलास गठन भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । साथै न्यायाधीशद्वय मीरा खड्का र डा. कुमार चुडालको लागि एकल इजलास गठन भएको छ ।
उहाँका अनुसार बुधबारका लागि १८ न्यायाधीश सर्वोच्चमा उपस्थित हुनुभएको छ । साथै उहाँहरुले सुनुवाइ शुरु गरिसक्नुभएको ढकालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?