logo
२०८० चैत्र १६ शुक्रवार



छ वटा अध्यादेश जारी

मुख्य समाचार |
राजनीति |


छ वटा अध्यादेश जारी


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार छ वटा अध्यादेश जारी गर्नुभएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका छ अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधी सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ,नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संसोधन, २०७८, तेजाव तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन, २०७८ र रेल्वे अध्यादेश, २०७८ जारी भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?